डेङ्गुको बारेमा एक स्वास्थ्यकर्मीको सामान्य जानकारी।

सन्दिप श्रेष्ठ (स्वास्थ्यकर्मी)

परिचय

यो एक प्रकारको भाईरल रोग हो।
एडिस एजिप्टी नामक लाम्खुट्टेले यो रोग सार्दछ।
डेङ्गुका लक्षणहरु
1. सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ ।
2. त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन ।
3. शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।
4. तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।
5. अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ ।
यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेङ्गुज्वरो, डेङ्गुहेमोरेजिक ज्वरो र डेङ्गुशक सिन्ड्रोम । क्लासिक डेङ्गुसामान्य प्रकारको डेङ्गुहो, यो आफै निको हुन्छ तर डेङ्गुहेमोरेजिक ज्वरो वा डेङ्गुसक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।

डेङ्गुले निम्त्याउने जोखिम
1. फोक्सोमा पानी जम्ने
2. पेटमा पानी जम्ने
3. रक्तश्राव हुने
4. मृगौला ड्यामेज हुने
5. एक पटक डेङ्गुभै सकेको मानिसमा धेरै जोखिम हुन्छ ।

डेङ्गुबाट बच्ने उपायस्
1. लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
2. घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।
3. घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
4. लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
5. झ्याल ढोकामा जाली राख्नु पर्छ ।
6. शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ ।
7. सरसफाइमा ध्यान दिनुपर्छ ।

Leave a Reply

Shopping cart

0
image/svg+xml

No products in the cart.

Continue Shopping