बिहादी गाउँपालिका बन्यो जिल्लामै पहिलो बार्षिक समीक्षा गर्ने पालिका

आर्थिक बर्ष सकिए लगतै पर्बतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरिय वार्षिक समीक्षा कार्यक्रम सम्पन गरेको छ। उक्त कार्यक्रमलाई अध्यक्षता बिहादी गाउँपालिकाकि उपाध्यक्ष  श्री मिना शर्मा तिवारिले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अथितिको रुपमा स्वास्थ्य कार्यालय पर्बतका निमित्त प्रमुख सन्तोष पौडेले हुनु हुन्थो। उक्त कार्यक्रममा बिहादि गाउँपालिका अन्तर्गतका सम्पुर्ण वडा अध्यक्ष र सम्पुर्ण स्वास्थ्य संस्था प्रमुख हरु उपस्थित रहनु भएको थियो. र कार्यक्रमलाई सहजिकरण सङै अन्तिम प्रस्तुतिकरण स्वास्थ्य शाखा प्रमुख हरि प्रशाद भुषालले गर्नु भएको थियो। स्वास्थ्य कार्यालय पर्बतका निमित्त प्रमुख पौडेलका अनुसार पर्बत जिल्लामै आ।ब २०७९/०८० को सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरिय वार्षिक समीक्षा गर्ने बिहादि गाउपालिका पहिलो पालिका बनेको छ.

Leave a Reply

Shopping cart

0
image/svg+xml

No products in the cart.

Continue Shopping